शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारद्धारा भदौ २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

सरकारद्धारा भदौ २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

नागरिक पाटी

१९, भाद्र २०७८
  • 4.1K
    SHARES
  • सरकारद्धारा भदौ २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

    सरकारले भदौ २३ गते संघीय संसद्को बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते दिउँसो चार बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    images
    images


    सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।

    संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । फाइल तस्बिर 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - १८:५९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology