शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

नागरिक पाटी

३१, भाद्र २०७८
  • 3.6K
    SHARES
  • बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

    बझाङमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । बझाङको दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उहाँका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय बझाङले एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएको छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् ।

    वडाध्यक्ष जप्रेलले आमाको खोजी गर्ने क्रममा घरको भित्तामा रगतको छिटा र घर नजिकै खनेको देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लोवादेब डाँडाबाट पक्राउ गरिएको प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - १९:११:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology