शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङको २७ औं वार्षिक साधारण सभा तथा १० औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

सिड्स नेपाल धादिङको २७ औं वार्षिक साधारण सभा तथा १० औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

शिवराज आचार्य

३, आश्विन २०७८
  • 7.9K
    SHARES
  • सिड्स नेपाल धादिङको २७ औं वार्षिक साधारण सभा तथा १० औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

    थाक्रे, धादि । सिड्स नेपाल धादिङको २७ औं वार्षिक साधारण सभा तथा १० औं बार्षीक सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ । २७ औं बार्षिक साधारण सभामा संस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

    images
    images

    IMG_4788.JPG
    कार्यक्रममा कार्यकारी निर्देशक रुपाखेतीले संस्थाले विभिन्न साझेदारी संस्थाहरु सगं गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । सिड्स नेपालले जोखिममा रहेकाहरुको लागि सुरक्षा परियोजना र विकासमा साझेदारी लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको छ ।

    IMG_4861.JPG
    कार्यक्रममा संस्थाले आगामी दिनमा गर्ने काम र कार्य योजनाको बारेमा समेत कार्यकारी रुपाखेतीले जानकारी गराउनु भएको हो । संस्थाले आगामी दिनमा बागमती प्रदेश भरिका १३ वटा जिल्लामा समेत कार्यक्रम लैजाने गरी योजना बनाएको निर्देशक रुपाखेतीले बताउनु भएको छ ।
    कार्यक्रममा संस्थाका कोषाध्यक्ष शुसिला सुबेदीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुृ भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - २०:५८:३० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology