बालकृष्ण आचार्य
भिमढुङगा–लामीडाँडा सडक २०४३–४४ साल बाट सुरु भएको एउटा कृषी सडक हो । डाँडाको भेगमा एउटा नमुना खालको सडक हो । यसले चाँहि त्यो बेलाको साविक छत्रेउराली, जीवनपुर, केवलपुर र गोगनपानी चार ओटा गाउँविकास समिती समेट्थ्यो । अहिले आएर यसले तीन ओटा पालीकाहरु गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका र धुनीबेशी नगरपालिकाको भागलाई ओग्ट्छ । यसमा हाम्रो एकदम जोड्दार माग छ । हरेक वर्ष हामीले कार्यपालिकाको निर्णय सहित केन्द्रिय सरकार, प्रदेश सरकारमा पत्राचार गरेर पठाएका छौँ । त्यही अन्तर्गत पहिला टेन्डर भएको कामहरु गर्नका लागि हामीले ठेकेदारहरुलाई धेरै पटक भेटेर भन्न परेको छ । यहाँहरुले समयमा काम गर्दिनु भएन किन भनेका छौँ ।
रमाईलोचौर सम्म काम हुन्छ भनेकोमा अहिले बजेटको कारणले गर्दा उँहाहरुको गर्ने काम चौडाई बढ्यो लम्बाई घट्यो भन्ने हिसाबले हामीलाई देखाउनु भो कसरी के–के गर्नु भो । यो अब केन्द्रिय सरकारले गरेको टेन्डर हामीले सबै हेर्न पाउने रहेनछौँ । अब यो सिस्टम पनि अलिकती त्यस्तै खालको रहेछ । हामी स्थानीय सरकारको प्रमुख भएर पनि कुराहरु गरिरहँदा कतिपय कुरा चित्त बुझ्ला या नबुझ्ला हामीले वास्तविकता जनताको बिचमा बोल्नै पर्छ ।
भिडियो हेर्नुहोस्.....
केन्द्र सरकारले टेन्डर गरेका र प्रदेश सरकारले टेन्डर गरेका कामहरु हामीलाई हत्तपत्त भनिदैँन । हामीले केन्द्र र प्रदेश सरकारसंग भन्यौँ भने उहाँहरुले चाहीँ अब सम्बन्धित मान्य ज्यूहरुसंग जानकारी गराएका छौँ, सचिव ज्यूहरुलाई जानकारी गराएका छौँ, मन्त्री ज्यूहरुलाई जानकारी गराएका छौँ भन्नु हुन्छ । अब हामीले त्यति बुझ्न पाउँदा रहेनछौँ र हामीले चिउरीको मोडसम्म कालोपत्रे भइसकेपछी अब त्यसलाई निरन्तर रुपमा गल्छी तर्फ जाने वैकल्पीक मार्गको रुपमा रहेको हुनाले त्यहाँ सम्म पिच हुन्छ भन्ने हाम्र्रो बुझाई थियो । यो वर्ष पनि केन्द्र सरकारको बजेट यथावत त्यहाँ छ । त्यहाँ भएको बजेट कता कतै सुनिरहेको छु अब कसरी भयो के भयो भोली समयले बताउला अहिले चाही यो यता बाट होईन गल्छी पट्टीबाट कालोपत्रे हुँदै छ भन्ने सुनेको छु । अब हुँदा हुँदैको कालोपत्रे भइरहेको स्थान छोडेर किन उताबाट गर्न लागियो, त्यो म जान्न सकिरहेको छैन । यस विषयमा म पनि बुझ्ने तयारीमा छु ।
काठमाडौँ जानेबाटो बीचमा चाँही स्टोरमोड देखी चिउरीको बोट सम्म यही बाटो तिन चार किलो मिटर बाटो पिच नभएर गाडी रोकियो भनी हामीले जहाँ जहाँ पिच गरेपनी त्यसको कुनै महत्व हुदैन। त्यस कारणले चिउरीको मोड सम्म पिच भएको छ । म सम्बन्धित मान्य ज्यूहरुलाई त्यस पछि मन्त्रालय यो मिडिया मार्फत सचिवज्यूहरु लगायत सडक विभागलाई पनि म अनुरोध गर्न चाहन्छु । चिउरीको मोड सम्म पिच भएको छ र निरन्तर रुपमा पिच हुँदै अघि बढ्नु पर्छ भन्ने मेरो पनि माग छ । नगरपालिकाको तर्फबाट गर्नुपर्ने प्रयास हुन्छ तर त्यस भन्दा बाहेक अहिले एक करोड रुपैँया त्यही ठाउँको लागी छुट्टिएर आएको छ । त्यो पैसाले हामी अहिले कटिङ र त्यसलाई हुने ग्राभेल गर्दै छौँ । अब सबैको मत मिल्यो भने पिच पनि भई सक्छ भएन भने पनि गा्रवेल र कटिङ हुन्छ म यो अनुरोध गर्न चाहन्छु ।
ठुलो खोला देखी भिमढुङगा सम्मको जुन सडकको कुरा छ । भिमढुङगा–ठुलोखोला ३५ करोडमा टेन्डर भई सकेको छ । त्यो पनि टेन्डर स्विकृती पनि भइसकेर सम्झौता पनि भई सकेको कुरा हामीले जानकारी पाएका छौँ । त्यहाँको मेयर साब संग पनि मेरो पटक पटक यो वर्खामा बाटो नचल्दा पनि हामीले समन्वय गरेका छौँ । उहाँहरुले अलिकति भागमा सरसफाई गर्नु भो केहि भागमा हामीले सरसफाई गरेका छौँ । उता भिमढुङगा बाट पिचको कार्यक्रम अघि बढ्ने भनेर त्यो खालको टेन्डर भएको छ । अब मलाई लाग्छ ठेकेदार साबहरुको पनि समस्या हँुदो रहेछ । हामीले यो कुरा उहाँहरुलाई भन्यो भने सडक विभागका कर्मचारीहरुको समस्या देखाउनुहुन्छ । उता भन्यो भने ठेकेदारको समस्या देखाउनु हुन्छ । त्यो समस्या चाहीँ हामीले हल गर्न सक्यौँ र त्यो समस्या हामीले भोग्न परेन भने मलाई लाग्छ अर्को बर्खा सम्म यी बाटाहरुमा हामी बाहैँ महिना हिँड्न सक्छौँ भन्ने मेरो बुझाई छ ।
(धुनिवेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्य सँगको कुराकानीमा आधारित)
अर्को भिडियो पनि हेर्नुहोस्.....