शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाल मनोविज्ञान र मनोसामाजिक परामर्श सम्बन्धि सीप विकास गर्दै बालविकास सहजकर्ताहरु

बाल मनोविज्ञान र मनोसामाजिक परामर्श सम्बन्धि सीप विकास गर्दै बालविकास सहजकर्ताहरु

नागरिक पाटी

१९, आश्विन २०७८
  • 13.6K
    SHARES
  • बाल मनोविज्ञान र मनोसामाजिक परामर्श सम्बन्धि सीप विकास गर्दै बालविकास सहजकर्ताहरु

    गजुरीका सामुदायिक विद्यालयका बालविकास सहजकर्ताहरुको मनोसामाजिक परामर्श तालिम सोमबार सम्पन्न भएको छ । प्रयास नेपाल धादिङको आयोजना,प्लानेट इन्फान्ट डेभलपमेन्टको साझेदारीमा र गजुरी गाउँपालिकाको समन्वयमा गजुरी गाउँपालिका भित्रका २१ वटा सामुदायिक विद्यालयका १/१ जना बाल बिकास सहजकर्तालाई शनिबारदेखि भएको मनोसामाजिक परामर्श तालिम आज सोमबार सम्पन्न भएको हो ।

    images
    images

    243917957_1332843587170045_3398828812818236595_n.jpg
    प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सहदेव पण्डितले गजुरी गाउँ पालिकाका ४५ सामुदायिक विद्यालयका बाल बिकास सहजकर्ताहरुलाई २ चरणमा तालिम दिईएको जानकारी दिनु भयो । बाल बिकास कक्षामा समुदाय भिन्न भिन्न मुल्य मान्यता ,सामाजिक संस्कारमा हुर्केका बालबालिकाहरु बाल विकास कक्षामा आउने र उनीहरुको मनोभावना नबुझी एकै प्रकारको व्यवहार गर्दा मनोबैज्ञानिक चोट,आघात समेत पर्न जान सक्ने भएकोले बाल विकास कक्षामा बाल मनोविज्ञान बुझेर आएका सवालहरुलाई सहजिकरण गर्दै दैनिकी क्रियाकलाप गर्नु जरुरी हुने भएकोले बाल बिकास सहजकर्ताहरुमा बालमनोभावना बुझि सहजिकरण गर्न सहयोग पुर्‍याउने उदेश्यका साथ मनोपरामर्श सम्बन्धि तालिम संचालन गरिएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।

    243864787_3018140181845743_4389464555805869241_n.jpg
    तालिममा मनोसामाजिकको अबधारणा , अर्थ , बालबालिकामा देखिने मनोसामाजिक समस्या , कारण लक्ष्यण र प्रभाव, मनोपरामर्श , प्रकार, अन्तरवैयत्तिक सम्बन्ध , संचार सीप, बाल व्यवहार परिवर्तनमा अभिभावक र बालविकास सहजकर्ताको भुमिका लगायतका बिषयमा मनोसामाजिक परामर्शदाता भक्त बहादुर रसाइली सहजिकरण गर्नु भएको थियो । प्रयास नेपाल धादिङका सहसचिव सरिता चेपाङको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ,उपाध्यक्ष सीता ढुङ्गानाले गाउँ पालिका बालबालिका तथा शिक्षाको विकास लगानी बढाउन र शैक्षिक उपलब्धि बृद्धि गराउन लागि परेको बताउनु भयो ।


    बालबालिका जग भनेको बालबिकास भएको र बालबालिका गरेको लगानीले दिर्घकाल सम्म प्रभाव राख्ने भएकोले पनि शैक्षिक बिकास क्रियासिल सामाजिक संस्थाहरुसँग समेत समन्वय र सहकार्य गर्दै सबै सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम गरिएको बताउनु भएको गजुरिबाट कपिलदेव सापकोटाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - ०६:०३:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology