शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीद्धारा बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह

प्रहरीद्धारा बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह

नागरिक पाटी

२१, आश्विन २०७८
  • 2.9K
    SHARES
  • प्रहरीद्धारा बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह

                                                              फाइल तस्बिर
    अग्रिम टिकट बुकिङमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैँको मौका छोपेर टिकट काउन्टरहरुले त्यो भन्दा पनि बढी भाडा लिने गरेका यात्रुले गुनासो गरेका हुन् ।

    images
    images

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले आफू ठगिएको जस्तो लागे नजिकैको यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह गर्नुभएको छ । टिकट काउण्टर नजिक रहेका यात्रु काठमाण्डौदेखि बाहिर जाने ७७ वटै जिल्लाको भाडादर टाँसिएको र त्यो भन्दा धेरै लिएको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो । धेरैजसो टिकट काउन्टर अगाडि सहायता कक्ष राखिएकाले यात्रु ठगिने सम्भावना नभएको उहाँको दाबी छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - १०:४३:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology