आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

´चु जुनी` बोलको तामाङ भाषिक गित सार्वजनिक

´चु जुनी` बोलको तामाङ भाषिक गित सार्वजनिक

विष्णु ठकुरी

२३, आश्विन २०७८
  • 8.3K
    SHARES
  • ´चु जुनी` बोलको तामाङ भाषिक गित सार्वजनिक

    काठमाडौं २३ असोज /

    images

    रजनी घिसिङको निर्माण रहेको ´छु जुनी` बोलको तामाङ भाषिक गित सार्वजनिक भएको छ। प्रकाश तामाङ टिटुङको शब्द एवम् संगित रहेको यस गितमा सुमिना लुजुको स्वर रहेको छ।उक्त गितको छायांकन र सम्पादन पवन सुलिङले गरेका छन् भने निर्मल लामाको निर्देशन रहेको उक्त गितलाई प्रकाश तामाङ तितुङ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    गितको भिडियोमा रजनी तामाङ,निर्मल कुमार लामा भिमफेदि गाइज र निरन्जली लामाको अभिनय देख्न सकिन्छ। बानेश्वरमा एक कार्यक्रमको आयोजना बीच गित सार्वजनिक गरिएको थियो ।वरिष्ठ गायक एवम् संगितकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम,तामाङ कलाकार संघका उपाध्यक्ष एवम् गायक संचिब वाइवा,नायक दावा फिलुङ ,संचारकर्मी बुद्ध योन्जन र मिसन समृद्ध नेपालका अध्यक्ष संचारकर्मी सुदिन लामा दोङ लगाएत अतिथिहरु उपस्तिथि रहेको थियो।संचारकर्मी मिलन लामा दोङले कार्यक्रम उदघोषण गरेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गायक एवम् संगितकार चन्द्र कुमार दोङले तामाङ भाषाको गित संगित निर्माण गरेर मात्र तामाङ संस्कृति नजोगिने भएकोले गितको भिडियो निर्माण गर्दा ठाँउ,परिवेश र पोसाकमा पनि ध्यान दिन जरुरी रहेको कुरा औल्याएका थिए साथै रजनी तामाङको अभिनय र कामको प्रसंशा समेत गरेका थिए। आयोजित कार्यक्रम बोल्दै संचारकर्मी बुद्ध योन्जनले बिगतमा तामाङ समुदायका मान्छेले जात्रा पर्वमा मात्र गित गाउने चलन थियो तर अहिले तामाङ भाषाका गिति एल्बम हजार भन्दा बढी निर्माण भैसकेका छन् दिन प्रतीदिन प्राविधिको बिकास संगै तामाङ भाषाको गित पनि अन्य गित सरह लोकप्रिय हुँदै गएकोमा खुशी व्यक्त गरेका थिए। 

    हेर्नुहोस् गितको पूरा भिडियो

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - ११:४१:१९ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology