शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका विभिन्न ठाउँमा एमालेकाअध्यक्ष केपी ओलीलाई स्वागत

धादिङका विभिन्न ठाउँमा एमालेकाअध्यक्ष केपी ओलीलाई स्वागत

नागरिक पाटी

१५, कार्तिक २०७८
  • 7.0K
    SHARES
  • धादिङका विभिन्न ठाउँमा एमालेकाअध्यक्ष  केपी ओलीलाई स्वागत

    धादिङ। काठमाण्डौंबाट धादिङ हुंदै चितवन जानेक्रममा नेकपा  अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धादिङका एमाले कार्यकर्ताले विभिन्न ठाउँमा रोकेर स्वागत गरेका छन् ।

    images
    images

    251382860_4878966772221160_3385389209572841960_n.jpg
    सोमबार विहान काठमाडौंदेखि सडकमार्ग हुँदै चितवन जानेक्रममा अध्यक्ष ओलीलाई धादिङको थाक्रेको महादेबवेसी, गल्छी, गजुरी लगायतका स्थानमा कार्यकर्ताहरुले रोकेर स्वागत गरेका हुन ।

    ओलीको स्वागतमा पार्टीका विभिन्न्न तहका नेता कार्यकर्ता, समर्थक,शुभचिन्तकहरुको भीड लागेको थियो । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साहलगायतका केन्द्रीय नेताहरू रहेका छन् ।

    251389369_4878967135554457_879404045957985220_n.jpg

    भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन तथा केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको छ । ओली १६ गते नै माडी अयोध्याधाम पुग्ने कार्यक्रम रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - १४:२१:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology