शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको बन्दसत्र अझै सुरु हुन सकेन, सर्वसम्मत नेतृत्त्व चयनको प्रयास जारी

एमालेको बन्दसत्र अझै सुरु हुन सकेन, सर्वसम्मत नेतृत्त्व चयनको प्रयास जारी

नागरिक पाटी

११, मंसिर २०७८
  • 5.4K
    SHARES
  • एमालेको बन्दसत्र अझै सुरु हुन सकेन, सर्वसम्मत नेतृत्त्व चयनको प्रयास जारी

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । सौराहामा बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्रको कार्यक्रम निर्धारित समयभन्दा तीन घण्टा बित्दा पनि सुरु हुन सकेको छैन ।

    images
    images

    महाधिवेशन प्रतिनिधिहरुको कार्ड वितरणलगायका कारण बैठक सुरु हुन नसकेको बताइएको छ । नारायणी नदीको किनारमा शुक्रबार उद्घाटन गरिएको अधिवेशन भोलि समापन हुने कार्यालयल सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।


    सर्वसम्मतीममा नेतृत्त्व चयनका लागि भन्दै एमालले पदाधिकारीको संख्या बढाएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गएराति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।

    अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय)मा १९ सदस्य हुनेछन् । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १र१, उपाध्यक्ष स् ६, महासचिव १ क उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - १४:०६:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology