आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

म स्वार्थी भएर पो हो !

म स्वार्थी भएर पो हो !

राजेन्द्र रुपाखेती

१३, मंसिर २०७८
  • 6.3K
    SHARES
  • म स्वार्थी भएर पो हो !

    तिम्रो हर कदममा मेरो शुभेच्छा
    म स्वार्थी भएर पो हो ।
    तिम्रो हर रहरमा मेरो आकाँक्षा
    म स्वार्थी भएर पो हो।

    images

    तिम्रो दुखाईमा मेरो पिडा
    म स्वार्थी भएर पो हो
    तिम्रो हसाँईमा म फिदा
    म स्वार्थी भएर पो हो।

    तिम्रो अभावमा मेरो उपस्थिति
    म स्वार्थी भएर पो हो।
    तिम्रो अनुकुल मेरो परिस्थिति
    म स्वार्थी भएर पो हो ।

    तिम्रो यात्रामा म सारथी
    म स्वार्थी भएर पो हो ।
    तिम्रो सफलतामा मेरो आरती
    म स्वार्थी भएर पो हो।

    तिम्रो समस्या मेरो सवाल
    म स्वार्थी भएर पो हो ।
    तिम्रो प्रगतिमा मेरो कमाल
    म स्वार्थी भएर पो हो ।

    तिम्रो खुसिमा मेरो नृत्य
    म स्वार्थी भएर पो हो
    तिमि प्रेमि मेरो हृदय
    म स्वार्थी भएर पो हो ।

    तिम्रो यादमा सपना टुटेको
    म स्वार्थी भएर पो हो ।
    तिम्रो साथ म नियमित जुटेको
    म स्वार्थी भएर पो हो ।

    तिम्रो बिश्वासको लहरामा म थाक्रा भएको
    म स्वार्थी भएर पो हो
    तिम्लाई जोगाउन म पर्खाल भएको
    म स्वार्थी भएर पो हो

    राजेन्द्र रुपाखेती
    थाक्रे १०, धादिङ ।

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - ११:२१:२७ बजे

    राजेन्द्र रुपाखेती

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology