शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

नागरिक पाटी

१४, मंसिर २०७८
  • 3.2K
    SHARES
  • एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

    नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि मतदान सुरू भएको हो ।

    images
    images

    अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङलगायतका नेताले पनि मतदान गरिसकेका छन् । एमालेले विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाएको छ ।

    विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने भनिएको छ । पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७८ मंगलवार - ०७:३६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology