शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटियो

दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटियो

नागरिक पाटी

२७, मंसिर २०७८
  • 4.0K
    SHARES
  • दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटियो

    चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।

    images
    images

    कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको विभागले जनाएको छ ।

    छाती तथा मुटु रोग विशेषज्ञ डा। दीर्घसिंह बम स्वस्थ शरीरका लागि दूध तथा दही र दुग्धजन्य वस्तु स्वस्थकर हुनुपर्ने बताउँछन् । उनी कोलिफर्मले मानिसको स्वास्थ्यमा धेरै नराम्रो असर पार्ने बताउँछन् । कोलिफर्मयुक्त दूध तथा दहीको नियमित सेवनले मानिसको स्वास्थ्यलाई दीर्घरोगी बनाउने उनको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - ०६:३१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology