धादिङको धुनिवेशी ३ का युवा कृषक युद्ध न्यौपाने सम्मानित हुनुभएको छ । आफ्नो १९ औँ वार्षिक साधारण सभाको अवसरमा जिवनपुर साना किसान कृषी सहकारी सँस्थाले कृषक न्यौपानेलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।
न्यौपाने उक्त सहकारीको अन्तरसमुह ८ समुह नम्बर २८ का सेयर सदस्य पनि हुनुहुन्छ । केहि समय अघि मात्र उहाँ राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार तथा ५ लाख नगद सहित कृषी ताराको अवार्डबाट पनि सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा युवा कृषक तथा उद्यमी न्यौपानेले सहकारी मार्फत २० जना कृषकहरुलाई विषादी स्प्रे प्रदान गर्ने पनि घोषणा गर्नुभएको छ । पुरस्कार प्राप्त गरेको ५ लाख मध्येबाट स्प्रे खरिद गरेर सहकारीलाई उपलब्ध गराउने र सहकारीले सक्रिय कृषकहरुलाई वितरण गर्न सक्ने उहाँको भनाई छ ।