धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३३ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । कार्यक्रममा यस अघि सम्पन्न भएका विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी लगायतलाई सम्मान पनि गरिएको छ । समारोहमा उपस्थित भएर दिक्षान्त पुस्तक प्रकाशनका प्रमुख महेश शर्मा र नम्रता अर्यालले विद्यार्थीहरुलाई नगद तथा शैक्षिक सामाग्री प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पनि विभिन्न प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी ढकालको अध्यक्षता तथा नगरपालिकाको मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै नगरपालिकाको शिक्षा शाखाका सुजनराज खनाल, विकास खत्री, वडा अध्यक्ष कृष्ण कुमार रेग्मी, विद्यालयका पुर्व प्रधानाध्यापकहरु, व्यवस्थापन समितीका पुर्व अध्यक्षहरुको आतित्थ्यता लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरु, विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
केहि तस्बिरहरु :




