बागमतीमा प्रदेश सरकार गठन भएको ४८ महिनाको अवधिमा ४० जना मन्त्री बनेका छन्। यस अवधिमा ३ वटा सरकार परिवर्तन भएको छ। मन्त्री र मन्त्रालयको संख्या बढ्दै गए पनि प्रदेश सरकारको उपस्थिति कमजोर हुँदा जनतामा उत्साह देखिएको छैन।
आफू सत्तामा टिक्न जे गर्न पनि तयार हुने नेताहरूको स्वभाव र त्यसलाई साथ दिने गरी संविधानले दिएको सुविधाले प्रदेश संरचना खर्चको भार बढ्ने थलोका रूपमा विकास हुँदै गएको छ। पछिल्लो पटक मुख्यमन्त्री राजेन्द्र पाण्डेले ८ मन्त्रालयलाई विभाजन गरेर १४ पु¥याएका छन्। मुख्यमन्त्रीसहित १४ मन्त्री र ४ राज्यमन्त्री गरी मन्त्रीको संख्या १८ पुगेको छ।