आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सम्झना पाण्डेको "नाचम नाचम" मा गम्भीर र राहुल

सम्झना पाण्डेको "नाचम नाचम" मा गम्भीर र राहुल

नागरिक पाटी

१५, पौष २०७८
  • 4.0K
    SHARES
  • सम्झना पाण्डेको "नाचम नाचम" मा गम्भीर र राहुल

    लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो। ुनाचम नाचमु बोलको डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीको स्वर रहेको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको रहेको छ। राजन इशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ। कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिंदै भिडियो र गायनको प्रसंशा गरे।

    images

    बाल्यकाल देखि नै गायनमा रुचि राख्ने पाण्डेले यस अघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरि सकेकी छन्। अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन्। रेडियो नेपालको बाल कार्यक्रममा गीत गाउने गरेकी पाण्डेले थुप्रै बिज्ञापनमा आफ्नो स्वर दिई सकेकी छन्। पढाईको सिलसिलामा २०२१ मा अमेरिका पुगेकी पाण्डेले मास्टर्स सम्मको अध्ययन सकेकी छन्। उनि पेशाले नर्स हुन्,उनको पोस्ट फ्यामेली नर्स प्राक्टिस ९डाक्टर सरह० रहेको छ।

    राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा गम्भीर बिस्ट,सम्झना पाण्डे,राहुल शाह,साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन्। हरी हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। भिडियो सम्झना पाण्डेको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक कार्यक्रममा गीत तथा भिडियो संग सम्बन्धित सम्पूर्ण टिम तथा प्राबिधिक हरुलाई प्रसंशा पत्र प्रदान गरिएको छ।

    भिडियो प्रिमियरमा गायिका पाण्डेको अर्को भिडियो पनि देखाईएको छ। अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन्। भिडियोमा बुद्ध थापाको छायाँकन,विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ। भिडियो यु ट्युबमा केहि समय पछि सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - १८:४४:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology