आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘श्वास फेरी...’ भन्दै आइन गीता अधिकारी

‘श्वास फेरी...’ भन्दै आइन गीता अधिकारी

नागरिक पाटी

१५, पौष २०७८
  • 7.1K
    SHARES
  • ‘श्वास फेरी...’ भन्दै आइन गीता अधिकारी

    सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी‘’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

    images

    गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।

    निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

    गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उहाँले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।
    सञ्चार जगतमा सकृय रहँदै आउनु भएकी सञ्चारकर्मी अधिकारी गीतकार का रुपमा पनि परिचय बनाउनु भएकी प्रतिभा हुनुहुन्छ । उहाँ मिलाप फाउण्डेशनमार्फत पनि विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । विभिन्न सञ्चार माध्याममा काम गर्दै आउनुभएकी अधिकारी मिलाप म्यागजिन र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - १८:५७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology