शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सडक विभागको महानिर्देशकको जिम्मेवारी सापकोटालाई, थापा मन्त्रालय तानिए

सडक विभागको महानिर्देशकको जिम्मेवारी सापकोटालाई, थापा मन्त्रालय तानिए

नागरिक पाटी

१६, पौष २०७८
  • 5.7K
    SHARES
  • सडक विभागको महानिर्देशकको जिम्मेवारी सापकोटालाई, थापा मन्त्रालय तानिए

    सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी प्राविधिक तर्फका सहसचिव शिवहरि सापकोटालाई दिएको हो ।

    images
    images

    सापकोटाले सोमबार नै महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । सापकोटा यस अघि विभागको उपमहानिर्देशक एवम प्रवक्ताको जिम्मेवारीमा थिए । १० महिना अघि मात्रै सापकोटा विभागबाट मन्त्रालयमा तानिएका थिए ।

    भर्खरै महानिर्देशकको जिम्मेवारी सम्हालेका सापकोटा चार महिनापछि अर्थात २०७९ बैशाख १९ गते अनिवार्य अवकाशमा जान लागेका छन् । महानिर्देशकको जिम्मेवारीमा रहेका अर्जुनजंग थापालाई भौतिक मन्त्रालयमा तानिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १७:४२:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology