शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यमन्त्री पाण्डेद्धारा महेशखोला माथी निर्माण हुने सडक पुलको शिलान्यास

मुख्यमन्त्री पाण्डेद्धारा महेशखोला माथी निर्माण हुने सडक पुलको शिलान्यास

आशिष ठकुरी

२१, पौष २०७८
  • 17.8K
    SHARES
  • मुख्यमन्त्री पाण्डेद्धारा महेशखोला माथी निर्माण हुने सडक पुलको शिलान्यास

    महेशखोला माथी पक्की मोटरेवल पुल निर्माणका लागि शिलान्यास गरिएको छ। धादिङको थाक्रे १ र गल्छि ८ को सिमाना महेशखोलामाथी पक्की मोटरेवल पुलको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गर्नुभएको हो । 

    images
    images

    खयरघारी सिमपानी सडक पुल निर्माणको लागि हिम सगरमाथा ज्वालामुखी जेभीले जिम्मा पाएको छ । उक्त कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैँयामा निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको कार्यक्रममा बताईएको छ । आगामी वर्ष २०७९ साल माघ १६ गते भित्र पुल निर्माण सक्नुपर्ने छ । ३० मिटरको उक्त पुलमा फुटपाथ लगायतका सँरचना पनि निर्माण हुनेछन् ।

    news page 1.JPG

    प्रादेशिक सडक डिभिजन कार्यालय धादिङको आयोजनामा भएको शिलान्यास समारोह कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, गल्छि गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, गल्छि गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष भरत तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईराला, प्रहरी, पत्रकार, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको आतित्थ्यता रहेको थियो । 

    for news page.JPG

    for news page 1.JPG

    तस्बिरहरु : आशिष ठकुरी

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २१, २०७८ बुधवार - १५:०७:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology