शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेल खरिद गरेको १५ महिनापछि सञ्चालनको तयारीमा

रेल खरिद गरेको १५ महिनापछि सञ्चालनको तयारीमा

नागरिक पाटी

२१, पौष २०७८
  • 4.9K
    SHARES
  • रेल खरिद गरेको १५ महिनापछि सञ्चालनको तयारीमा

    सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो ।

    images
    images

    मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपाल ओढाएर राखिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिए ।

    मन्त्रालयका सचिव ई.रविन्द्रनाथ श्रेष्ठले पनि रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए । उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको पनि बताए ।

    उनले चालु आर्थिक वर्षभित्रै कर्णाली, कालिगण्डकी, कोसी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक वर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेका बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २१, २०७८ बुधवार - १८:०५:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology