शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२६, पौष २०७८
  • 4.5K
    SHARES
  • नेपालमा एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय २९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ६५ प्रतिशत अर्थात् एक हजार चार सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

    अहिले नेपालमा सात हजार आठ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १० हजार पाँच सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १९:१०:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology