शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर

पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर

नागरिक पाटी

२७, पौष २०७८
  • 6.5K
    SHARES
  • पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर

    पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकै दिन ९ सय ३८ जना संक्रमित थपिएका थिए । २४ पुसमा ९ सय ४४ जना संक्रमित थपिए ।

    images
    images

    स्वास्थ्य सतर्कता शून्य

    साथै २५ पुसमा १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण हुँदा ९।५ प्रतिशतले बढेको देखिएको थियो । जुन संक्रमण दर सोमबार ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जना संक्रमित थपिए । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै संक्रमण हुने दर उच्च बिन्दुमा बढिरहेको छ ।

    छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १।०४ को दरमा बढिरहेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

    संक्रमण दरको यो गतिलाई स्वास्थ्य विज्ञले कोरोना महामारीलाई तेस्रो लहर भनेका छन् । यसअघि कोरोनाको दोस्रो लहरमा नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको थियो । अहिलेकै संक्रमण दर बढिरहे र संक्रमण रोक्ने उपाय’दयगत नसोचे संक्रमण दर झनै बढ्न सक्ने विज्ञको भनाइ छ । संक्रमण दर बढेसँगै ठूला अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्न थालेको छ ।

    वीर अस्पतालको कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा। प्रज्वल श्रेष्ठका अनुसार खोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका कोरोनाको नयाँ संक्रमित थपिने क्रम बढिरहेको छ । हाल सरकारले संक्रमण दर बढेपछि विद्यालय तहको पठनपाठन १५ माघसम्म बन्द गर्न निर्देशन दिइसकेको छ ।आजको राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०८:५४:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology