शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

नेपालमा ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

नागरिक पाटी

२९, पौष २०७८
  • 3.9K
    SHARES
  • नेपालमा ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

    नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ । सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ ।

    images
    images

    चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । ओमिक्रोनसँग जुध्न सरकारले विशेष तयारी नगरेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

    कोरोना भाइरसका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गरिरहेका वरिष्ठ भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले नेपालमा ओमिक्रोन समुदायस्तरमा नै फैलिसकेकाले थप सतर्कता नअपनाउने हो भने भयावह रूप लिन सक्ने बताए । उनले ओमिक्रोनको संक्रमण दर ७० प्रतिशतभन्दा बढी रहेकाले यो द्रुत गतिमा फैलिरहेको दाबी गरे । आजको राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - ०८:१३:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology