आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने

चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने

नागरिक पाटी

११, माघ २०७८
  • 9.2K
    SHARES
  • चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने

    काठमान्डौ  /चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । उक्त फिल्मको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरिएको छ । सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त कार्यक्रम आयोजना गरिएको फिल्म निर्माण संस्थाको भनाइ छ । द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने उक्त फिल्म शुभमुहुर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गरेका थिए । चलचित्रकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मुहुर्त शटमा फिल्मका मुख्य कलाकारले फिल्मकै संवाद बोलेका थिए । मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गरेका थिए । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए । त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गरेका थिए ।

    images

    0022-01-762b0b9ea10868cb49ef11d542635201.jpg

    समारोहमा प्रसारणको क्रममा रहेको टेलिश्रृंखला ‘ब्ल्याक एण्ड ह्वाइ’ को टिमलाई नै मुख्य अतिथि बनाइएको थियो ।समारोहलाई सम्बोधन गर्दै फिल्मका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतात्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए ।फिल्ममा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन् । उनको यो डेब्यू फिल्म हो । फिल्मकी मुख्य पात्र मीरा अर्थात रजिना अर्याल तथा रविना केसीलाई सृजना सुत्रले फिल्मका लागि काष्ट गरेको सृजना सुत्रका सुभाष प्रधानले जानकारी गराएका छन् । फिल्मका अभिनेता रमेश क्षेत्रीले फिल्मले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पुरा गर्ने क्रममा उनले भोग्नु परेका पीडालाई फिल्मले समेट्ने तथा आफूले उनलाई हरेक प्रकारले सहयोग गर्ने भूमिका निर्वाह गरेको बताए ।

    फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसंगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री आदि कलाकारले अभिनय गर्दैछन् । गोपाल कार्की तथा आरोही श्रेष्ठ यो फिल्मका निर्माता हुन् । यो फिल्मको कथा प्रेम बस्यालले लेखेका हुन् । समारोहमा फिल्मको पोस्टर समेत अनावरण गरिएको थियो । स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने यो फिल्म यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिएका छन् । समारोहमा कृष्ण मल्ल, राजेश बिसुराल, नारायण प्रधान, सुनिल कटवाल, सुशील देवकोटासहितका व्यक्तित्वले विषय परिस्थितिमा निर्माण हुन लागेको फिल्मको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

    सौन्दर्य क्रियसन, चौबन्दी क्रियसन तथा अदिती कलेक्सनको भेषभुषा रहने यो फिल्ममा श्रद्धा कँडेलको श्रृङ्गार रहने छ । बिपुल क्षेत्री यो फिल्मका प्रोडक्सन मेनेजर हुन् ।फिल्ममा अमृत पाण्डेको सिनेमाटोग्राफी रहने छ भने सह निर्देशनमा समीर ढकाल छन् । साथै अन्य कलाकारमा राजु श्रेष्ठ , सञ्जय ढुंगाना, उन्नत उप्रेती, मन्जिल श्रेष्ठ, प्रमिला बिक, प्रज्वल गिरीसहित ब्ल्याक यन्ड व्हाइट सिरियलका चर्चित कलाकारहरु पनि रहने छन् । फिल्ममा अधिकांस कलाकार थिएटरका रहने ‘मीरा’ मा जे.बी.रुवाली, दिनेशजंग खड्का जस्ता पुराना रङकर्मीहरुले अभिनयको वर्कशप गराउने जानकारी निर्माण संस्थाले दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १३:५५:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology