शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा सेनाद्धारा निर्मित सँरचना नगरपालिकालाई हस्तान्तरण

धुनिवेशीमा सेनाद्धारा निर्मित सँरचना नगरपालिकालाई हस्तान्तरण

आशिष ठकुरी

२६, माघ २०७८
  • 6.9K
    SHARES
  • धुनिवेशीमा सेनाद्धारा निर्मित सँरचना नगरपालिकालाई हस्तान्तरण

    धादिङको धुनिवशी ४ कोटकालीका मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको सँरचना नगरपालिकालाई हस्तान्तरण गरेको छ । मँगलबार एक कार्यक्रमको आयोजना गरि मन्दिर परिसरमा निर्माण गरिएको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    images
    images

    नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम समन्वय कार्यालयको आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटबाट देवीदत्त गणद्धारा निर्माण गरिएको उक्त सँरचना धुनिवेशी नगरपालिकालाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

    kot kalika.jpg

    कार्यक्रममा शिवदल गणका गणपती प्रमुख सेनानी अशोक राज बराल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, वडा अध्यक्ष हरि सुवेदी लगायतको उपस्थिती रहेको थियो । ऐतिहासिक युद्धस्थल, कोट, गढी तथा एकिकरण पदमार्गको प्रर्वद्धन तथा सँर्वद्धन गर्ने उदेश्यले उक्त सँरचना निर्माण गरिएको सेनाले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०७:२४:२९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology