शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पत्रपत्रिका

प्रतिनिधिसभा बैठक अब कहिले ?

प्रतिनिधिसभा बैठक अब कहिले ?

नागरिक पाटी

२६, माघ २०७८
  • 3.0K
    SHARES
  • प्रतिनिधिसभा बैठक अब कहिले ?

    प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक २ फागुनमा बस्नेगरी सरेको छ । स्थानीय तहको निर्वाचन घोषणापछि पहिलोपटक बस्न लागेको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा सारिएको हो ।

    images
    images

    सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक सरकारको तर्फबाट स्थगित गर्न भएको आग्रहअनुसार स्थगित भएको हो । जनताको समस्याहरूमाथि छलफल हुने र कानुन निर्माणमा व्यस्त हुनुपर्ने संसद् प्रमुख प्रतिपक्षको अवरोधका कारण बस्न सकेको छैन । सुचारु रूपमा अघि बढाउने विषयमा विपक्षीसँग समेत परामर्श गरी बैठक सञ्चालनका लागि कार्य व्यवस्था समितिको बैठकसमे बोलाइएको सन्दर्भमा मंगलबार एक्कासि साँझ बैठक स्थगित गरिएको हो ।

    मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए । सरकारले सभामुखमार्फत संसदमा पेस गरेका सन्धिसम्झौता, विधेयक रोकिने विषयमा चासो व्यक्त गरिरहेको छ । गठबन्धन सरकार भए पनि सरकार र सभामुखबीच सम्बन्धमा केही चिसोपना आएको सभामुखको सचिवालय स्रोतले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०८:२४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology