शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

नागरिक पाटी

२८, माघ २०७८
  • 6.2K
    SHARES
  • गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

    गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

    images
    images

    हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन ।

    गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख गरेको थियो । मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ । त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ ।

    गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले गाँजालाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग परामर्शसँगै मापदण्ड निर्माणको तयारी पनि गरेको छ । उक्त शाखाका प्रमुख, उपसचिव गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले यसका सम्भावना र त्यसले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०८:३०:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology