आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘माया गर्न मन छ’ मा पुष्प र शिल्पा

‘माया गर्न मन छ’ मा पुष्प र शिल्पा

नागरिक पाटी

२९, माघ २०७८
  • 4.5K
    SHARES
  • ‘माया गर्न मन छ’ मा पुष्प र शिल्पा

    ‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा माया प्रेमका गीतहरु बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइमको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ । प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ ।

    images

    गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा फिल्म मंगलम् जोडी अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।

    देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन् । भिडियोमा हरि हुमागाईको छायांकन र विकाश दाहलको सम्पादन रहेको छ । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

    एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थाई घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १८:०५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology