शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह

नागरिक पाटी

११, फाल्गुण २०७८
  • 8.1K
    SHARES
  • युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह

    परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन भनेको छ। परराष्ट्रले अत्यावश्यकबाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ।

    युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको परराष्ट्रले जनाएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोमा सम्पर्क गर्न सक्ने परराष्ट्रले बताएको छ।

    images
    images

    रुसले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएपछि युक्रेनी सीमामा तनाव बढेको छ। युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमा देशहरू छन्। यही तनावका कारण दुई देशबीच युद्ध हुने आकलनहरू भइरहेका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १५:१६:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology