सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

आखिर के भैरहेको छ यो जंगलको बिचमा (भिडियो सहित)

आखिर के भैरहेको छ यो जंगलको बिचमा (भिडियो सहित)

विष्णु ठकुरी

१९, फाल्गुण २०७८
  • 9.4K
    SHARES
  • आखिर के भैरहेको छ यो जंगलको बिचमा (भिडियो सहित)

    हामी भक्तपुरमा रहेको गुण्डु जङ्गलमा पुग्दा अनौठो किसिमको दृश्य देखियो । रगतले लत्पतिएको अवस्थामा जङ्गलको बिचमा केही सामानले भरिएको एउटा बोरा भेट्यौं, बोराको छेउमै आधा खाल्डो खनेर छोडिएको र खाडल खन्ने सावेल लगायतका सामाग्री पनि देख्याैँ ।

    images

    त्यो भन्दा अलि पर केही भिड देखेपछी हामी त्यतै तिर लाग्यौं । त्यहाँ २,४ जना प्रहरी र अन्य ब्यक्तीहरु पनि थिए, प्रहरीले एक ब्यक्तिलाई पक्रेर राखिसकेको रहेछ । उनै ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको रहेछ, जसले त्यो खाल्डो खनेको र कसैको हत्या गरेर बोरामा राखी जङ्गलमा पुर्न ल्याएका रहेछन् ।

    अलि परबाट कट् कट् काे आवाज आयो आखिरमा त्यहाँ त कुनै म्युजिक भिडियोको छायांकन पो भैरहेको रहेछ । बुझ्दा थाहा भयो, कौशलराज खड्काको स्वर रहेको यो मेरो आँसु बोलको गितमा मोहन चाम्लिङले एक्सन कट गरिरहेका थिए भने मोहनलाई साथ दिइरहेका थिए कुमार गजुरेलले ।

    सुधाकर संगीत र इश्वोरी सिंहको शब्द, सुधाकर संगीतकै कम्पोज, मनोज चौलागाईंको एरेञ्ज रहेको गितको भिडियोमा गिरि बिश्वकर्मा, रन्जना अर्याल लगायत कलाकारको अभिनय रहेको छ ।

    यस्तै भिडियोमा करण डाँगीको कला निर्देशन, यमुना आचार्यको श्रृँगार, तुक्चन छन्त्यालको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको म्युजिक भिडियो छिट्टै नै कुमार गजुरेल युटुव च्यानलबाट आउने निर्देशक मोहन चाम्लिङ्ले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - १०:१२:२७ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology