शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको १० औँ नगरसभा सम्पन्न, पेश भएका प्रस्तावहरु छलफल सहित पारित

धुनिवेशी नगरपालिकाको १० औँ नगरसभा सम्पन्न, पेश भएका प्रस्तावहरु छलफल सहित पारित

आशिष ठकुरी

२२, फाल्गुण २०७८
  • 8.7K
    SHARES
  • धुनिवेशी नगरपालिकाको १० औँ नगरसभा सम्पन्न, पेश भएका प्रस्तावहरु छलफल सहित पारित

    धुनिवेशी नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा पेश भएका प्रस्तावहरु माथी छलफल सहित पारित भएको हो ।

    images
    images

    नगरसभामा नगरप्रमुख आचार्य मार्फत प्रस्तुत निती, कार्यक्रम र चार वर्षे कार्य प्रगती समिक्षा पारित भएको छ । यस्तै नगरउपप्रमुख निरु खरेल मार्फत सभामा प्रस्तुत अर्धवार्षिक कार्य प्रगती समिक्षा पनि पारित भएको छ ।

    यसैगरी नगरसभा मार्फत सहकारी ऐन २०७४ का केहि दफाहरुमा सँसोधन गर्ने गरि नगरपालिकाको ८२ औँ बैठकबाट भएका निर्णयहरुलाई अनुमोदन गरिएको छ । यस्तै दिगो विकास लक्ष्यलाई स्थानियकरण, योजना तथा कार्यक्रम परिवर्तन र सँसोधन सँगै थप योजनाहरु स्विकृत भएको छ ।

    nagar sava 2.jpg
    २०७३ साल फागुन २७ गते घोषणा भएको नेपालकै कान्छो नगरपालिकाको रुपमा रहेको धुनिवेशी नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन पनि गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बताउनुभयो ।

    नगरसभा कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १८:५८:२० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology