शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिका कार्य सम्पादन नतिजामा धादिङकै उत्कृष्ट, अन्य पालिकाको अवस्था कस्तो ?

धुनिवेशी नगरपालिका कार्य सम्पादन नतिजामा धादिङकै उत्कृष्ट, अन्य पालिकाको अवस्था कस्तो ?

आशिष ठकुरी

२२, फाल्गुण २०७८
  • 17.4K
    SHARES
  • धुनिवेशी नगरपालिका कार्य सम्पादन नतिजामा धादिङकै उत्कृष्ट, अन्य पालिकाको अवस्था कस्तो ?

    आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धुनिवेशी नगरपालिका धादिङ जिल्लाकै उत्कृष्ट भएको छ । धुनिवेशीले आयोगको मुल्याङ्कनमा ५७.६४ अंक प्राप्त गरेर जिल्लाकै उत्कृष्ट भएको हो ।

    images
    images

    पालिकाको कार्य सम्पादन मूल्याङ्कनको प्रभावकारी रुपमा जिम्मेवार बहन गर्ने सबै जनप्रतिनीधि र कर्मचारीलाई नगर प्रमुख बालकृष्ण आचार्यले धन्यवाद दिनुभएको छ । पालिकाको प्रमुख तथा जनप्रतिनीधिहरुको सहयोगबाट नै उपलब्धी हासिल गर्न सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभएको छ । पालिकाको वित्तिय सेवालाई थप सुधार गर्दै लैजाने प्रशासकीय अधिकृत कँडेलको प्रतिवद्धता छ ।

    आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क गल्छि गाउँपालिकाले पाएको छ । गल्छिले ३५ अंक पाएको हो । यस्तै ज्वालामुखी गाउँपालिकाले ५६.८७, रुबीभ्याली गाउँपालिकाले ५३.९२, बेनिघाट रोराङ गाउँपालिकाले ५३.८०, गँगाजमुना गाउँपालिकाले ५२.१० अँक प्राप्त गरेका छन् ।

    यसैगरी निलकण्ठ नगरपालिकाले ५१.३८, सिद्धलेक गाउँपालिकाले ५१.१३, नेत्रावती डबजोङ गाउँपालिकाले ५०.१४, त्रिपुरासुन्दरी गाउँपालिकाले ४७.६६, खनियाबास गाउँपालिकाले ४६.१३, थाक्रे गाउँपालिकाले ४१.६४, र गजुरी गाउँपालिकाले ३७.९९ अँक प्राप्त गरेका छन् ।

    आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गरेका छ । 

    dhading format.PNG

    देशभरको नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

    नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - २१:०२:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology