आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामुलक गीत

‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामुलक गीत

नागरिक पाटी

२९, फाल्गुण २०७८
  • 8.6K
    SHARES
  • ‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामुलक गीत

    विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ ।

    images

    चेपाङ समुदायका समस्या, त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका बिषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपध्यायले बताए ।

    चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसालको अभिनय समेटिएको छ ।

    उत्सव दाहालको छायांकन रहेको यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरेको छ । केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा. उपाध्याय अहिले १०३ विश्व रेकर्ड पु¥याउने दौडमा छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १३:११:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology