शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धार्केमा बालश्रम न्यूनिकरण तथा रोकथामका विषयमा अन्तरक्रिया कार्यक्रम

धादिङको धार्केमा बालश्रम न्यूनिकरण तथा रोकथामका विषयमा अन्तरक्रिया कार्यक्रम

शिवराज आचार्य

२९, फाल्गुण २०७८
  • 7.4K
    SHARES
  • धादिङको धार्केमा बालश्रम न्यूनिकरण तथा रोकथामका विषयमा अन्तरक्रिया कार्यक्रम

    प्रयास नेपालको आयोजना तथा धुनिबेशी नगरपालिकाको समुन्वयमा आज आइतबार धादिङको धार्केमा बालश्रम न्यूनिकरण तथा रोकथामका लागि ईट्टा उद्योगी,स्थानिय सरोकार र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images

    कार्यक्रममा बालबालिका समबन्धि कानुनमा व्यवस्था गरिएका प्रावधानहरुका बारेमा जानकारी गराउनुका साथै स्थानियतहमा रहेका बालश्रमको अबस्था र बालश्रम मुक्त स्थानियतह घोषण पुरा गर्न गर्नु पर्ने सुचकका बारेमा प्रयास नेपालका सुनिताा कंडेलले जानकारी गराउनु भएको छ ।
    २०८५ साल सम्म बालश्रम मुक्त स्थानिय तह घोषण गर्न पालिका सम्बन्धित सरोकारवालाहरुको भूमिकाको बारेमा छलफल गर्न तथा सहभागीतामूलक योजना तयार पर्ने विषयमा समेत कंडेलले जानकारी गराउनु भएको छ।

    IMG_2220.JPG

    कार्यक्रमका वीचमा बालश्रमिकहरुसंगको अनुसन्धनाबाट देखिएका सवालहरुका बारेमा जानकारी गराउनुका साथै ईट्टा उद्योगमा काम गर्न बालश्रमिकहरुको स्वास्थ्य अबस्थाको अनुसन्धानबाट पता लगाएका सवालहरु समेत सहभागीलाई कंडेलले जानकारी गरउनु भएको थियो ।

    अन्तरक्रिया कार्यक्रम बोल्दै उद्योगीहरुले बालश्रम मुक्त उद्योग बनाउन आफुहरु लागि परेको बताएका छन्। बाल श्रममुक्त रहेका उद्योगहरुमा संस्था तथा पालिकाले स्टिकरको व्यवस्था गर्न समेत आग्रह गरेका छन । कार्यक्रममा ईट्टा उद्योगी,स्थानिय सरोकारवाला र पत्रकारहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १६:१३:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology