शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशसभा बैठकबाट २ वटा विद्येयक पारित

बागमती प्रदेशसभा बैठकबाट २ वटा विद्येयक पारित

नागरिक पाटी

२९, फाल्गुण २०७८
  • 5.6K
    SHARES
  • बागमती प्रदेशसभा बैठकबाट २ वटा विद्येयक पारित

    बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा २ वटा विद्येयक पारित भएको छ भने ३ वटा ऐन संशोधनका विद्येयकहरु पेश भएको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित गरेको हो ।

    images
    images

    बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेका थिए ।

    यसैगरी, सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । पारित भएका दुवै विद्येयकहरु अब ऐन बन्ने छन् ।

    यस्तै, बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनका लागि सदनमा पेश गरेका छन् । उनले संशोधनका लागि पेश गरेको विद्येयकहरु सम्बन्धित समितिहरुमा दफावार छलफलका लागि पठाइएको छ ।

    त्यस्तै, मन्त्री खनालले प्रदेश अनुसन्धान व्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सदनमा पेश गरेका छन् । उनले पेश गरेको सो विद्येयक माथि सदनमा छलफल हुनेछ ।

    सोे बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । विगत करिव ३ महिनादेखि सदनमा अवरोध गर्दै आएको एमालेले उनको जवाफ पछि भने सदन चल्न दिएको छ । तु खबरको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १८:५४:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology