शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

नागरिक पाटी

३०, फाल्गुण २०७८
  • 4.7K
    SHARES
  • स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

    काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् ।

    images
    images

    गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भिœयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन तय भइसकेको छ ।

    दल फेर्दै जनप्रतिनिधि

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत बिहीबार मात्रै पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई तामझामका साथ कार्यक्रम आयोजना गरेर कांग्रेसमा प्रवेश गराएको थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रौनियारलाई आफैं उपस्थित भएर कांग्रेस प्रवेश गराएका थिए । उनी नेपाली जनता दलबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।

    यसैगरी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं वीरगन्ज पुगेर एमालेमा भिœयाएका हुन् । सरावगीको पहिलो रोजाइ कांग्रेस थियो । तर, कांग्रेसबाट राम्रो ‘रेस्पोन्स’ नआएपछि अन्तिममा उनी एमालेमा गएका हुन् ।

    पर्साकै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासमेत यसअघि नै नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

    यस्तै, माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयरसमेत गत बुधबार एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमारी खराललाई एमाले अध्यक्ष ओलीले रंगेलीमै आयोजित एक कार्यक्रमबीच एमालेमा भिœयाएका हुन् ।

    यसैगरी, केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुर्खेतमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला समन्वय समितिका नेपाली कांग्रेसका उपप्रमुख ज्ञानीप्रसाद शर्मालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

    जिल्लामा स्थानीय तहका प्रमुख उपप्रमुख मात्रै होइन वडा अध्यक्षदेखि वडा सदस्य र पदमै नरहेर पनि प्रभाव राख्न सक्ने नेताहरू दल अदलबदलमा लागेका छन् ।

    नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानले नै व्यक्तिलाई स्वतन्त्रताको अधिकार दिएकाले व्यक्तिले मन परेको दल रोज्नु स्वाभाविक भएको बताए । यस्तो प्रक्रिया मूल्य र मान्यताका आधारमा हुने उनले जानकारी दिए ।


    राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०८:०८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology