शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालले पपुवा न्यूगिनीलाई दियो २७९ रन लक्ष्य

नेपालले पपुवा न्यूगिनीलाई दियो २७९ रन लक्ष्य

नागरिक पाटी

१२, चैत्र २०७८
  • 6.0K
    SHARES
  • नेपालले पपुवा न्यूगिनीलाई दियो २७९ रन लक्ष्य

     एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २८९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २७८ रन बनाएको हो। प्रारम्भिक ब्याटरलाई ५ रनमै गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र देव खनालले १२९ रनको साझेदारी गरे।

    images
    images

    नेपालका लागि ऐरीले शतक र खनालले अर्धशतक बनाए। ऐरीले १४० बलमा १०५ रन बनाए। उनले सात चौका प्रहार गरे। त्यस्तै, खनालले ८६ बलमा ७२ रन बनाए। जसमा चार चौका र तीन छक्का सामेल छन्। उनको यो दोस्रो ओडीआई हो।

    यसै गरी रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रन बनाए। पपुवा न्यूगिनीका लागि अलेई नावले तीन, नर्मन भनुवाले दुई, चाड सोपर र चार्ल्स अमिनीले एक–एक विकेट लिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १३:०८:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology