शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ भन्दा बढी घाईते

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ भन्दा बढी घाईते

नागरिक पाटी

१३, चैत्र २०७८
  • 10.0K
    SHARES
  • सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ भन्दा बढी घाईते

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्य भएको छ । बसमा सवार २५ बढी यात्रु घाईते भएको प्रहरीले बताएको छ ।

    images
    images

    वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।

    गुडिरहेको बस एक्कासी खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताउनु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

    मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्र

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १३:४७:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology