शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार

नेपालमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार

नागरिक पाटी

१४, चैत्र २०७८
  • 5.6K
    SHARES
  • नेपालमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार

    निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम दर्ता भएकाको अन्तिम जाँचबुझ गरी आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।

    images
    images

    जसअनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता कायम भएका छन् । आयोगले सार्वजनिक गरेको नामावलीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना कायम भएका छन् ।

    मोरङपछि झापामा ६ लाख ४६ हजार २ सय ३४ जना तथा काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता कायम भएका छन् । त्यसपछि मुस्ताङमा १० हजार ४ सय ८५ जना तथा डोल्पामा २२ हजार ४ सय ४० जना कायम भएको आयोगले भनेको छ ।

    आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची सार्वजनिक गरेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । अब अन्तिम नामावली प्रकाशन भइसकेपछि नामावली हेरफेर, थपघट वा सच्याउन पाइने छैन ।

    यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने कुल मतदाता संख्या १ करोड ४० लाख ७४ हजार ४ सय २४ थियो । यसपटक भने २०७४ मा भन्दा ३६ लाख ५९ हजार २ सय ९९ बढेर १ करोड ७७ लाख पुगेको हो । २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या १ करोड ५४ लाख थियो । 

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ०७:१२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology