शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश, करण केसीको कीर्तिमानी

नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश, करण केसीको कीर्तिमानी

नागरिक पाटी

१७, चैत्र २०७८
  • 4.9K
    SHARES
  • नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा प्रवेश, करण केसीको कीर्तिमानी

    नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ ।

    images
    images

    नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो ।

    यस्तै आजको खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरको दोस्रो, तेस्रो र चौथौ बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् । लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १६:४८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology