शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री देउवा र मोदीले उद्घाटन गरेको रेल जनकपुरधाम आइपुग्यो

प्रधानमन्त्री देउवा र मोदीले उद्घाटन गरेको रेल जनकपुरधाम आइपुग्यो

नागरिक पाटी

१९, चैत्र २०७८
  • 8.8K
    SHARES
  • प्रधानमन्त्री देउवा र मोदीले उद्घाटन गरेको रेल जनकपुरधाम आइपुग्यो

    नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट हरियो झन्डा देखाएर उद्घाटन गर्नुभएको रेल जनकपुरधाम आइपुगेको छ ।

    images
    images

    भारतको जयनगरबाट जनकपुरधाम आइपुग्न रेललाई दुई घण्टा लाग्यो । हरेक स्टेसनमा भव्य रुपमा स्थानीयवासीले नेपाल–भारतको झन्डासहित ताली बजाएर स्वागत गरेका थिए ।

    rail-3.jpg

    शनिवार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल दिउँसो ३ बजे जनकपुरधाम आइपुगेको हो । रेललाई नयाँ बेहुली झैँ सिँगारिएको छ । रेल हेर्नका लागि बिहानैदेखि हजारौँको सङ्ख्यामा स्थानीयहरू रेल्वे स्टेसनमा पुगेका थिए । अब आइतबारदेखि दिनहुँ दुई पटक रेल सञ्चालन हुने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - १८:४४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology