शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली कांग्रेसले घोषणापत्र वैशाख ११ गते जारी गर्ने

नेपाली कांग्रेसले घोषणापत्र वैशाख ११ गते जारी गर्ने

नागरिक पाटी

२७, चैत्र २०७८
  • 4.7K
    SHARES
  • नेपाली कांग्रेसले घोषणापत्र वैशाख ११ गते जारी गर्ने

    नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ घोषणापत्र जारी गर्ने भएको छ भने वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति वैशाख ११ र १२ गते तोकेको छ ।

    images
    images

    महामन्त्री गगन थापाको संयोजकत्वमा गठित स्थानीय तह घोषणापत्र तयारी समितिका सदस्य मधु आचार्यले वैशाख ११ गते लोकतन्त्र दिवसको दिन घोषणापत्र जारी हुने बताउनुभएको छ । ‘वैशाख ११ गते घोषणापत्र जारी गर्छौंं र १२ गते उम्मेदवारी दर्ता हुन्छ’, केन्द्रीय सदस्यसमेत रहेका आचार्यले भन्नुभयो– ‘घोषणापत्र तयारीका लागि समितिले शनिबार अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल गरेको छ ।’

    शनिबारको छलफलमा स्थानीय तहले निर्माण गर्ने जति पनि सार्वजनिक भवन छ त्यो सबै विश्वव्यापी मान्यताअनुसारको अपाङ्गमैत्री हुनुपर्ने, जुन घरमा अपाङ्ग भएका व्यक्ति छन् त्यो घरलाई अपाङ्गमैत्री बनाउन स्थानीय सरकारले निश्चित रकमा अनुदान दिने व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने, स्थानीय सरकारले लिने करमा विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका विषय प्रमुखताका साथ उठेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०८:२९:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology