धुनिवेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्यले शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार लगायतमा नगरपालिकाले महत्वपुर्ण काम गरेको बताउनुभएको छ । नागरिकपाटी सँग कुरा गर्दै मेयर आचार्यले धादिङको पहाडी भेगमै पहिलोपटक धुनिवेशीमा डिपबोरिङको सुरुवात गरेको र अहिले ६० प्रतिशत घरमा एक घर एक धाराको व्यवस्था भईसकेको बताउनुभएको छ ।
यस्तै नगरपालिकामा २१० वटा सडक रहेकोमा २०८ वटा सडकको गुरुयोजना तयार भैसकेको बताउनुभएको छ । उहाँले केहि भित्री सडकको कालोपत्रेको कामको पनि सुरुवात भएको भन्दै सम्पुर्ण बस्ती तथा वडाहरु सडक सञ्जाल सँग जोडिएको बताउनुभएको छ ।
यस्तै स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरिएको मेयर आचार्यको भनाई छ । उहाँका अनुसार एम्बुलेन्स र दमकलको व्यवस्थापन सँगै हरेक साता विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान पनि भईरहेको छ ।
यस्तै धुनिवेशी पार्कको निर्माण तिव्र गतिमा भईरहेको छ भने प्याराफिट सहितको खेल मैदान, वृद्ध–वृद्धाश्रमको निर्माण पनि अन्तिम चरणमा छ ।यस्तै कृषी र शिक्षामा पनि उत्तिकै उपलब्धी भएको मेयर आचार्यको भनाई छ । यस्तै फोहोरमैला व्यवस्थापन, सिसि क्यामेरा, सडक बत्ती, फुटपाथ लगायतको व्यवस्थापन भएको छ ।
यस्तै घाट व्यवस्थापन भईरहेको, तोप्लाङमा भ्यु टावर निर्माण अन्तिम चरणमा रहेको, नगर विकास कोष सँगको सहकार्यमा ९ सय ९० रोपनी जग्गामा मिनिसिटीको लागि डिपिआर तयार भैरहेको उहाँको भनाई छ ।
भिडियो हेर्नुहोस् ।