धादिङ । नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिद्धलेक गाउँपालिकाले गाउँपालिका अध्यक्ष सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
सिद्धलेक गाउँपालिकामा नेकपा एमालेले सूर्यध्वजावहाक उम्मेदवारको रुपमा गाउँपालिका अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई गाउँपालिका कमिटिले सिफारिस गरेको छ ।
यस अघि नेकपाएमालेका तर्फबाट उम्मेदवार भइ ५ वर्ष कार्यकाल पुरा गर्नुभएका अध्यक्ष उपाध्यक्षलाई कामको मुल्यांकन गरि पुनःसिफारिस गरिएको नेकपा एमाले सिद्धलेकले जनाएको छ ।
यसै गरि गंगाजमुना गाउँपालिकामा पालिका अध्यक्ष भक्तबहादुर लामीछाने र उपाध्यक्षमा एञ्जीला तामाङलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने गाउँ कमिटिले निर्णय गरेको छ । लामीछाने वडाअध्यक्ष हुनुहुन्छ भने तामाङ यस अघि पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।
गल्छी गाउँपालिका कमिटिले अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सीनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खतिवडा २०५४ सालमा एमालेबाट निर्वाचित कल्लेरी गाँउँविकास समिति अध्यक्ष तथा एमाले गल्छी गाउँकमिटिका अध्यक्ष हुनुहुन्छ भने तिमल्सीना यस अघि गल्छी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुनुहुन्छ।