शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खनियाबासको अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान विजयी

खनियाबासको अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान विजयी

नागरिक पाटी

३, जेठ २०७९
  • 5.1K
    SHARES
  • खनियाबासको अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान विजयी

    धादिङ । धादिङको खनियाबास गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अध्यक्षमा गठबन्धको तर्फबाट कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन् । रणबहादुर ०७४ मा पनि कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

    images
    images

    यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सेक्केमान तमाङ अत्याधिक मतका साथ विजयी भएका छन् । उनी ०७४ सालको चुनावमा अध्यक्ष पदमा रणबहादुर तामाङ सँग पराजित भएका थिए भने यो पटक अध्यक्षको टिकट गठबन्धनले कांग्रेसलाई दिएपछि उनी उपाध्यक्षमा उठेका थिए ।

    अध्यक्षमा पदमा रणबहादुर तामाङले १६०९ मत विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी स्वतनत्रका फुलबहादुर तामाङले १३९६ मत ल्याएका थिए । उपाध्यक्षमा अत्याधिक मतका साथ माओवादी केन्द्रका सेक्केमान तामाङले १८२७ ल्याउदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी राप्रपाबाट मरियम तामाङले १२२७ मत राकिएकी थिईन् ।

    निर्वाचित वडा अध्यक्षहरु
    वडा नं १ सोनामबहादुर तामाङ, राप्रपा
    वडा नं २ अरुण कुमार पाख्रीन, राप्रपा
    वडा नं ३ मा कमान सिङ तामाङ, राप्रपा
    वडा नं ४ लिलामान तामाङ, कांग्रेस
    वडा नं ५ मा रविन तामाङ, एमाले

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०७:३७:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology