रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत ल्याईन् ।
उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाएका छन् ।
अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्रा, वडा नम्बर ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, वडा नम्बर ४ मा कांग्रेसका ज्ञानी वाइबा, वडा नम्बर ५ मा कांग्रेसका श्याम बहादुर थिङ र वडा नम्बर ६ मा एमालेका योनुर्पु तामाङले जित हासिल गरेका छन् ।