रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत पाउनुभयो । माओवादीका उम्मेदवार सोमबहादुर तामाङले एक हजार ५२२ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले दुई हजार ८१० मत ल्याएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले दुई हजार दुई मत पाउनुभयो । यस्तै नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत ल्याउनुभयो ।