धादिङको धुनीबेसी नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । आचार्यले ८७०६ मत ल्याई विजयी हुँदा उनको निकटतम प्रतिष्पर्धी नेकपा एकालेका रामराजा पाण्डेले ६५९२ मत ल्याएका थिए ।
यस्तै उपमेयरमा गठबन्धन कै साझा उम्मेदवार नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् । उप्रेतीले ८३८७ मत ल्याई विजयी हुँदा उनको निकटतम प्रतिष्पर्धी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएकी थिईन् ।
यि हुन् विजयी वडा अध्यक्षहरु
धुनीबेसी १ मानबहादुर तामाङ (माओवादी केन्द्र)
धुनीबेसी २ मा लक्ष्यजित तामाङ (एकीकृत समाजवादी)
धुनीबेसी ३ मा प्रकाश हमाल (कांग्रेस)
धुनीबेसी ४ हरि सुवेदी विजयी (एकीकृत समाजवादी)
धुनीबेसी ५ मा विशाल भट्टराई (स्वतन्त्र)
धुनीबेसी ६ मा रमेश आचार्य (माओवादी केन्द्र)
धुनिवेशी ७ यदुनाथ पाठक (कांग्रेस)
धुनीबेसी ८ मा रामकृष्ण रेग्मी (माओवादी केन्द्र)
धुनीबेसी ९ मा माधव प्रसाद सिलवाल (कांग्रेस)