थाक्रे गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर १ देखि ८ सम्मको मतगणना सम्पन्न हुँदा पालिका अध्यक्षमा एमालेका रामकुमार आचार्यले ७३७१ मत ल्याएका छन् । यस्तै अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका रामप्रसाद विँडारीले ६४२० मत पाएका छन् । अध्यक्षका यि दुई उम्मेदवार बिचको मतान्तर ९०१ रहको छ ।
यस्तै राप्रपाका राजाराम थापाले २६५, मँगोल नेशनल अर्गनाईजेशनका श्याम तामाङले ८२ र स्वतन्त्र हैसियतमा अध्यक्षमा उम्मेदवारी दिएकाहरुले केहि मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने एमालेका अम्बिका रुपाखेतीले ६५५३ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका यन्त्र बहादुर थापाले ७४६५ मत पाएका छन् । उपाध्यक्षका यि दुई उम्मेदवार बिचको मतान्तर ९१२ रहको छ ।
यस्तै उपाध्यक्षमा राप्रपाका अन्जना खतिवडाले १९८ र मँगोल नेशनल अर्गनाईजेशनका दिल कुमारी घलानले ४४ मत पाएका छन् । यद्यपी अध्यक्ष र उपाध्यक्ष पदको लागि गठबन्धन र एमालेका उम्मेदवार विच प्रतिष्पर्धा रहेको छ ।
यसअघि भएको मतगणना अनुसार वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका श्याम सुन्दर थापा, वडा नम्बर २ मा माओवादी केन्द्रका टिकाराम तामाङ, वडा नम्बर ३ मा माओवादी केन्द्रकै विजय तामाङ, वडा नम्बर ४ मा माओवादी केन्द्रकै आशाराम तामाङ, वडा नम्बर ५ मा एमालेका सन्तबहादुर तामाङ, वडा नम्बर ६ मा माओवादी केन्द्रका हिराबहादुर थापा, वडा नम्बर ७ मा एमालेका युवराज खतिवडा, वडा नम्बर ८ मा नेकपा एसका प्रेम कुमार थापा रामेश्वर निर्वाचित भईसकेका छन् ।
यो समाचार तयार पार्दा अहिले वडा नम्बर ९ र १० को मतगणना सुरु भएको छ ।