थाक्रे ११ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका शुर्दशन पाण्डेको प्यानल नै निर्वाचित भएको छ । पाण्डे ९५१ मत सहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रवि प्रकाश ओझाले ६८५ मत ल्याए ।
यस्तै सदस्यहरुमा गठबन्धनको तर्फबाट शिव बहादुर तामाङ, मधु प्रसाद सुवेदी, सेतीमाया तामाङ र तेजमाया रसाईली निर्वाचित भएका छन् ।
मतगणनामा पालिकाको अध्यक्षमा एमालेका रामकुमार आचार्य १०३५५ मत सहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याए ।
यस्तै माओवादी केन्द्रका यन्त्रबहादुर थापा ९४३१ मत सहित उपाध्यक्षमा निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेका अम्बिका रुपाखेतीले ९०९१ मत ल्याईन् ।